तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड ः यश कुमार र अन्जु पन्त सर्वोत्कृष्ट
तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२ शुक्रबार बेलुका काठमाडौंमा सम्पन्न भएको छ । गीत संगीत तर्फ ४१ विधामा र फेशन तर्फ ८ विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो ।
यो वर्षको सर्वोउत्कृष्ट आधुनिक गीत गायकको अवार्ड यश कुमारले तिम्रो मन बदलीएछ गीतबाट जिते भने गायिकाको अवार्ड कमला रिसालले आमाको काखै प्यारो गीबाट चुमिन् । धनबीर गीतबाट बी पाण्डेले उत्कृष्ट गीतकारको अवार्ड र अन्जु पन्तले वर्षको पपुलर गायिकाको अवार्ड चुमे । महिला गीतकारको अवार्ड यस्तो मायाँबाट निशा अर्यालले, संगीतकारको अवार्ड बलेको आगोबाट सुनिल राईले हाँसिल गरे ।
आधुनिक बिधामै आधुनिक गायकको अवार्ड राजकुमार सिंह र गीतकारको अवार्ड प्रकाश योञ्जनले हाँसिल गरे । यस्तै आधुनिक गीत म्युजिक भिडियो तर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड जोगी बनायौबाट रमेश थापा, महिला मोडलको अवार्ड तिम्रो आकर्षणबाट प्रतीक्षा काफ्लेले, म्युजिक भिडियो निर्देशकको अवार्ड एकै नजरमाबाट केशब राज भट्टले, कोरियोग्राफरको अवार्ड झिमिक झिमिकबाट संदीप भुजेलले र भिडियो निर्देशकनै डायस्पोराको अवार्ड प्रभु गुरुङले प्राप्त गरे ।
वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड टाढा भए पनि गीतबाट अस्मिता अधिकारीले, वर्षकै लोकप्रिय पुरुष मोडलको अवार्ड तातो गोली २ बाट निश्चल बस्नेतले र वर्षकै लोकप्रिय महिला मोडलको अवार्ड टाढा भए पनिबाट मल्लिका महतले चुमिन् । वर्षको सर्वोत्कृष्ट युगल मोडलको अवार्ड खुसी साटौं गीतबाट सविन श्रेष्ठ र अनु शाहले जिते ।
सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड गायक पूर्ण बहादुर राईले हाम्रो साझा हिमाल गीतबाट, सर्वोत्कृष्ट गजल गायनको अवार्ड तिम्रो यादबाट सानु बाबु महर्जनले र गजलमा जुरी अवार्ड अँधेरीमाबाट सुवर्ण कुमार श्रेष्ठले चुमे ।
यस्तै लोक गीत विधातर्फ सर्वोत्कृष्ट गायनमा असारै मास गीतबाट अलिफ खानले म्युजिक भिडियो तर्फ पुरुष मोडलको अवार्ड जाला जोवनबाट सागर लम्साल (बले), महिला मोडलमा घरमा आईस्यो गीतबाट सृष्टी खड्का, भिडियो निर्देशनमा कोल्की हाम्रो गाउँबाट उमेश गुरुङले र म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड साली ज्यूबाट जोगेन्द्र केसीले हाँसिल गरे ।
यस्तै लोक दोहोरी विधातर्फ सर्वोत्कृष्ट लोक दोहोरी गीत गायकको अवार्ड मुख छोपी रुनबाट कृष्ण कँडेलले, गायिकाको अवार्ड करिमैको दोषबाट चन्दा अर्यालले, संगीतकारको अवार्ड हजुर मुसुक्कैबाट शुरेश अधिकारीले जिते । यस्तै लोक दोहोरी गीत म्युजिक भिडियो तर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड भुरुरु उडेर चरीबाट कृष्ण सापकोटाले, पुरुष मोडलकै जुरी अवार्ड जीत बहादुर रावतले, महिला मोडलको अवार्ड साया भण्डारीले, लोक दोहोरी गीत भिडियो सम्पादकको अवार्ड राजकुमार मगरले प्राप्त गरे ।
अवार्ड समारोहमा सर्वोत्कृष्ट लोक दोहोरी गीत भिडियो निर्देशकको अवार्ड बरको हाँगोबाट निरेन श्रेष्ठ, भिडियो निर्देशनमै जुरी अवार्ड दीपेन्द्र तिमल्सिनाले, सर्वोत्कृष्ट लोक दोहोरी गीत भिडियो नृत्य निर्देशकको अवार्ड चिया पकाउबाट सुवास बुढाथोकीले हाँसिल गरे ।
यस्तै पप तर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड मुना तिमीबाट विश्व गौंडेलले सर्वोत्कृष्ट गायकको अवार्ड सासबाट अंकित श्रेष्ठले, गायनमै जुरी अवार्ड मन त यो हरामीबाट चिरञ्जिबी भण्डारीले र पब्लिक च्वाईस अवार्ड मेरी डल्लीबाट नविन पौडलले, गायिकाको अवार्ड मन बुढो भएनबाट बेनिशा पौडलले, संगीतकारको अवार्ड सरोज प्याकुरेलले, महिला गीतकारको अवार्ड प्रतिमा गुरुङले हाँसिल गरे ।
यस्तै पप तर्फ नै भिडियो पुरुष मोडलको अवार्ड ओ मेरोबाट प्रकाश श्रेष्ठले, जुरी अवार्ड तिम्रो नाममाबाट रन्जित सिन्जाली मगरले, पप गीत महिला मोडलको अवार्ड पागल बन्दैछुबाट मेलिन गुरुङले, आधुनिक पप गीत महिला मोडलको अवार्ड म तिमै हुँबाट साक्षी लम्सालले, पप गीत भिडियो निर्देशकको अवार्ड पागल बन्दैछुबाट लक्षु गौतमले, पपगीत कोरियोग्राफरको अवार्ड पूर्व देखिबाट कृष्ण रसालले र नव मोडलको अवार्ड विकाश विश्वकर्माले जिते । यस्तै मौलिक गीतको अवार्ड गदरसा (थारु लोक) गीतबाट निकिता बिकले हाँसिल गरिन ।
यस्तै भाषाभाषी तर्फ तामाङ भाषाको गीतको अवार्ड माथि माथिबाट राज शुक्र लिम्बुले, थारु भाषाको प्रतिस्पर्धामा गीतकार, संगीतकार र गायक गरी तीन वटै अवार्ड सखिया होबाट राजेन्द्र शर्माले चुमे । नेपाल भाषा तर्फ गीतकारको अवार्ड बुलु बुलबाट उत्तम मानन्धरले, सर्वोत्कृष्ट संगीतकारको अवार्ड बुलु बुलुबाटै जुगल डँगोलले र गायकको अवार्ड नुग ः या मिखाबाट सानु बाबु महर्जनले जिते ।
कार्यक्रमको जुरीमा बरिष्ट गायक सिताराम पोखरेल, संगीतकार शंकर थापा स्माइल, दीपक शर्मा, राजेन्द्र बजगाईं, गायक कृष्ण भट्टराई, गीतकार डब्बु क्षत्री र ध्वानी सम्पादक मनोज परियार थिए ।
यस्तै फेशन तर्फ पेजेन्ट कोरियोग्राफरको अवार्ड अश्विनी कान्त झाले, बेस्ट मेकअप आर्टिस्ट (मेल) अवार्ड टेकराज पान्डेले, मेकअप आर्टिस्ट (फिमेल) अवार्ड जमुना पुनले, बेस्ट फेशन मोडल (मेल)को अवार्ड रणधिर शाहले, पिजेन्ट डिरेक्टर (मेल) अवार्ड निशुकान्त झाले, पिजेन्ट डिरेक्टर (फिमेल) अवार्ड प्रतिमा कार्कीले र इभेन्ट म्यानेजमेन्ट कम्पनी अफ द इयर अवार्ड रिबन इन्टरटेनेमन्टले हाँसिल गरे ।
नेपाली गीत संगीत तथा पत्रकारिता क्षेत्रमा योगदान दिएको भन्दै पत्रकार कुवेर गिरी, पत्रकार तथा चलचित्र निर्माता कमला जोशी, गीतकार कमल सरगम चौलागाई, गीतकार सुरेन्द्र महर्जन (अमर), गायक नाम्जा भोटे, अभिनेता सागर घिमिङ, कोरियो ग्राफर अजय स्याङतान, गायक नारायण थापा, दीलिप केसी, गायिका सुनिता गुरुङ, संगीतकार योगेन्द्र उपाध्याय निरौला, मोडल ज्ञानेन्द्र बहादुर खड्का सो कार्यक्रममा सम्मानित भए ।
कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झाले गीत सँगीत तथा फेशन क्षेत्रका श्रष्टालाई अवार्ड प्रदान गर्दै उनीहरुलाई आफ्नो क्षेत्रमा लाग्न आफुले अझ हौसला बढाएको बताए । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनद्धारा आयोजित समारोहमा सो अवार्डको उदेश्यबारे कार्यक्रम निर्देशक बालकृष्ण पोखरेल र प्रवन्ध निर्देशक सरिता भारतीले प्रकाश पारेका थिए । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यस्ता अवार्डले गीत सँगीतको बजारलाई अझ माथि उठाउने बताए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
