चलचित्र ‘भिलेन’को गीत सार्वजनिक
चलचित्र ‘भिलेन’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘च्यानाकुटी झ्याई झ्याई...’ बोलको गीत लोक फ्लेवरको छ । गीतमा एकनारायण भण्डारीको शब्द, लाल कुमार बरालको संगीत, अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर तथा दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको गीतमा कोरियोग्राफी छ ।
पुष २७ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रमा निखिल उप्रेती शिर्ष भूमिकामा छन् । निखिलका अलवा शिल्पा पोखरेल, कपिल खत्री र निशा अधिकारीको पनि मुख्य भुमिका रहेको जनाइएको छ । गीतको अन्त्यमा निखिल उप्रेतिको एक्सन समेत समावेश गरिएको छ । द ग्लोबल पिक्चर प्रा.लि.को ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको चलचित्रलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । देबेन्द्र पाण्डेको निर्देशनमा बनेको चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सहनिर्माता हुन ।
चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायाँकन, बसन्त सापकोटा, बाबुल गिरि र लालकुमार बरालको संगीत र शुक्रराज शाहको द्वन्द्व छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
