यो वर्ष सर्वाधिक हेरिएको तीज गीत बन्यो ‘कोशेढुङ्गा’को ‘नत्र भने जीन्दगी ब्यर्थ छ’
चलचित्र ‘कोशेढुङ्गा’मा समावेश ‘नत्र भने जीन्दगी ब्यर्थ छ’ यो वर्ष सर्वाधिक हेरिने तीज गीत बनेको छ । यो समाचार तयार पार्दा सम्म युट्युबमा ७४ लाख ८८ हजार भन्दा बढी पटक यो गीत हेरिएको छ भने टिकटकमा करोडौं भ्यूज पाएको छ । युट्युब भ्युजलाई मात्र हेर्दा पहिलो नम्बर मान्न नसकिए पनि टिकटकको भ्यूज हेर्दा ‘नत्र भने जीन्दगी ब्यर्थ छ’ नै सर्वाधिक हेरिएको गीत बन्न पुगेको छ ।
टिकटकमा यो गीत कयौं एकाउण्टबाट अपलोड भएको छ । आधिकारिक रुपमा सेभेन सिज इन्टरनेशनलले पनि थुप्रै भिडियोहरु पोष्ट गरेको छ । यद्यपी, ‘उनी छन् र पो गाजलुको अर्थ छ’ भन्ने अन्तराको एउटै भिडियोमा एक लाख २४ हजार भन्दा बढी भिडियो बनाइएको छ भने ‘उनी छन् र पो सिन्दुरको अर्थ छ’ भन्ने अन्तरामा ३७ हजार भन्दा बढी भिडियो बनाइएको छ । अन्य अकाउण्टबाट पोष्ट गरिएका भिडियो र त्यसमा बनाइएका भिडियोको संख्या पनि हजारौं देखिन्छ । टिकटकमा यि सबै भिडियोको भ्यूज करोडौं छ ।
चलन चल्तिको भाषामा भन्ने हो भने यो गीत भाइरल भएको छ । गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द तथा समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर छ । नायिकाहरू सुरक्षा पन्त, ऋचा शर्मा र नीति शाहको नृत्य रहेको यो गीत तीजका पार्टी देखि दरखाने कार्यक्रमहरुमा समेत उत्तिकै घन्किएको छ । गायिका समिक्षा अधिकारी र संगीतकार खेम सेन्चुरीले देश विदेशका हजारौं दर्शक माझ स्टेजमा पनि पटक पटक यो गीत गाएका छन् ।
नेपाली चलचित्रको मार्केट ट्रेण्डलाई हेर्ने हो भने चलचित्र चलाउनका लागि पहिला गीत हिट गराउने पुरानै चलन हो । यसपटक पनि ‘नत्र भने जीन्दगी’ गीत हिट हुँदा यसको फाइदा बक्स अफिसमा देखिने अपेक्षा गरिएको छ । चलचित्रमा समावेश तीज गीत हिट भएको छ भने तीजकै छेकोमा चलचित्र रिलिज हुँदैछ । भाद्र १२ गते बिहिबार चलचित्र रिलिज हुँदैछ । चलचित्रका निर्माता किशोर अनुराग कथाको माग अनुसार नै चलचित्रमा तीज गीत समावेश गरिएको बताउँछन् । उनले चलचित्रमा तीजको गीत मात्र नभएर तीजको प्रसंग पनि समावेश भएको जनाए ।
‘कोशेढुङ्गा’लाई सर्वकालिन सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा उनैक लेखन रहेको छ । यसअर्थ पनि चलचित्र प्रति दर्शकको अपेक्षा ज्यादा देखिन्छ । गाउँकी एउटी साधारण चुल्बुले केटीले जो साना कुराबाट डराउछे उसले जीवनमा आइपर्दा परिस्थितिहरुमा कस्ता ठूला निर्णय लिन सक्छे भन्ने विषय चलचित्रमा रहेको जनाइएको छ । आर्थिक अभाव, पारिवारिक कलह, दाम्पत्य जीवनका चुनौती, गाउँमै बसेर आत्मनिर्भर बन्न खोज्दा समाजले गर्ने व्यवहार जस्ता विषयहरु चलचित्रको ट्रेलरले देखाएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेबिल कँडेल र किशोर अनुरागको लगानी रहेको छ भने कार्यकारी निर्मातामा दिनेश खड्का छन् । नेपाल रिलिजकै दिन प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले चलचित्रलाई ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज गर्दैछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

