कृष्णको स्वरमा ‘माया यस्तै हुँदो रहेछ’

२०८० माघ १२
कृष्णको स्वरमा ‘माया यस्तै हुँदो रहेछ’

कृष्ण पाण्डेको स्वरमा रहेको गीत ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हस्त गौतमको शब्द र मनोज चौलागाईको संगीत तथा एरेन्ज रहेको छ ।

प्रेम वियोगको भाव बोल्ने गीतको भिडियोलाई आशिष नेपालले निर्देशन गरेका हुन् । निर्देशक नेपालकै छायाँकन रहेको भिडियोमा गायक पाण्डेकै सम्पादन र अभिनय रहेको छ । क्लासिकल संगीतका बिद्यार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी, जे जे पर्छपर्छ, लगायतका गीतमा स्वर दिइसकेका छन् ।

गायक पाण्डे र निर्देशक नेपाल दुवै कुशल सञ्चारकर्मी समेत हुन् ।