बिहीबारबाट सुन्तलीको ‘मै राम्री’

२०७९ पौष २५
बिहीबारबाट सुन्तलीको ‘मै राम्री’

कुन्जना घिमिरे (सुन्तली)को निर्देशनमा तयार भएको वेव सिरिज ‘मै राम्री’ पुष २८ गते बिहीबारबाट प्रदर्शनमा आउने भएको छ । सामाजिक बिषय वस्तुमा निर्माण  भएको सिरिज धुर्मुस सुन्तली युट्युव च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ः४५ मा सार्वजनिक हुनेछ ।

सिरिजमा बालबालिका र युवाहरुमा बिभिन्न बिषयले आउने उताढचढावलाई मुख्य बिषय बनाइएको निर्देशक सुन्तलीले जनाएकी छिन । ‘हामीले युवापुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य बिषय बनाएका छौं ’ निर्देशक घिमिरेले भनिन् । उनका अनुसार केहि भाग छायांकन भइसकेको र अन्य भागको लागी छायांकन गर्ने तयारी पनि भइरहेको छ ।

शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ ।