‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक

जेठ २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्राभल लभस्टोरी चलचित्रको ३ मिनेट ४ सेकेण्ड लामो ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरले चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको स्पष्ट पारेको छ । साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा, कबीर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीलगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत र लांगिनस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।
एबी इन्टरनेशनलको प्रस्तुतिमा बनेको चलचित्र निर्माणमा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्मसले सहकार्य गरेका छन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । यस्तै, सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको चलचित्रमा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता रहेका छन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi