‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक, एकमा तनाव, अर्कोमा खुशी
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले सोमबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
खुसी र तनाव देखाइएको पोस्टरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहितका कलाकार फिचर्ड छन् । यो पोष्टरमा कलाकार तनावमा देखिन्छन् । सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन् ।
अर्को पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार कामेश्वर र लक्ष्मी फिचर्ड छन् । उनीहरु कुनै मन्दिरमा आरती गर्न लागेको अवस्थामा प्रशन्न मुद्रामा छन् । निकै खुसी झल्किएको दुवैको चेहरा र गेटअपले उनीहरू नवविवाहित जोडी जस्तो देखिन्छ ।
केही दिन अगाडि चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको थियो । मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको थियो । पोस्टरले तनाव र खुसीमा रहेका पात्रलाई बाहिर ल्याएको छ ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको चलचित्रमा मदन घिमिरेको सम्पादक र शरद महतोको डिओपी रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
