‘जनै हराएको मान्छे’को गीत ‘मसुरीको दाना’ सार्वजनिक

२०८२ श्रावन १२
‘जनै हराएको मान्छे’को गीत ‘मसुरीको दाना’ सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोका चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको एसोसिएट निर्देशमा मनिष राउत छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।