Mansara

‘लण्डन टु पेरिस’को रोमान्टिक पोस्टर

२०८० चैत्र १६
‘लण्डन टु पेरिस’को रोमान्टिक पोस्टर

घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कवीर खड्का र डेव्यु अभिनेत्री गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छन् । चलचित्र जेठ २५ गते रिलिज हुनेछ ।

चलचित्रमा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय रहेको छ । चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । 

चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।