Mansara

लता मंगेशकरको निधन, भारत सरकारद्वारा दुईदिने राष्ट्रिय शोकको घोषणा

२०७८ माघ २३
लता मंगेशकरको निधन, भारत सरकारद्वारा दुईदिने राष्ट्रिय शोकको घोषणा

सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

जनवरी ८ का दिन कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केही दिन यता उनको उपचार भेन्टिलेटरमा राखेर गरिएको थियो ।

‘स्वर कोकिला’ उपनामले चिनिने लताको हजारौं गीतमा स्वर दिएकी छिन । उनले नेपाली सहित ३६ भाषाका गीत गाएकी छिन ।

उनको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको हो ।

भारतिय मिडियाहरुका अनुसार उनको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।