‘लता मंगेशकर लव इन मेमोरी’ सम्पन्न, एकल स्वरमा ‘बाचुञ्जेलीलाई’ सार्वजनिक
चर्चित नेपाली गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा यसअघि ढकाल र मंगेशकरको युगल गायनमा रहेको बहुचर्चित गीत ‘बाचुञ्जेलीलाई’को भिमेल भर्सन लताको एकल स्वरमा सार्वजनिक गरियो । सो अवसरमा गायक ढकालले यो गीत रेकर्ड गर्दाको अनुभव सुनाएका थिए ।
ढकालको आयोजनामा ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुनिल हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजन वीर बज्राचार्य, विनोद गिरी लगायतका पेन्टिङ आर्टिष्टहरूले मंगेशकरको प्रत्यक्ष चित्र बनाएका थिए । मंगेशकरप्रति शोक व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको कार्यक्रममा सङ्गीतकर्मीहरूले मंगेशकरको तस्बिरमा माल्यार्पण गरे ।
कार्यक्रममा बोल्दै ढकालले भने – ‘नेपाली गीत सङ्गीतलाई प्रतिनिधित्व गर्दै मैले लतासँग गाउन पाउनु मेरो लागि सौभाग्य हो । यसमा मलाई सहकार्य गर्ने वरिष्ठ गीतकार आनन्द अधिकारी र चर्चित सङ्गीतकार शिखर सन्तोष, सङ्गीत संयोजक किरण कँडेल, छायाकार स्व. विदुर पाण्डे तथा निर्देशक भूषण दाहाललगायतको टिमप्रति आभारी छु ।’ यो गीत नेपाली सङ्गीत क्षेत्रको लागि नै उपहार र अमूल्य निधि भएको जनाउँदै ढकालले लताको आवाजमा रेकर्ड भएको अन्तिम गीत पनि यही नै भएको दाबी गरे । ढकालले अन्तिम गीतको रूपमा यसलाई एकल स्वरमा सार्वजनिक गर्नुको अर्थ संसारभर रहेका लताका समर्थकको लागि विशेष उपहार रहेको जिकिर गरे ।
कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ गीतकार राजेन्द्र थापा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, व्यवसायी रुद्र शर्मा, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ अभिनेता कृष्ण मल्ल लगायतको उपस्थिति थियो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
