विद्यार्थी लक्षित ‘लैबरी सिङगिङ स्टार’को अडिसन जारी, विजेतालाई २ लाख
विद्यार्थी लक्षित गायन रियालिटि शो ‘लैबरी सिङगिङ स्टार’को चौथो सिजनको अडिसन जारी छ । जेष्ठ १८ गते काठमाडौंम बाट शुरु भएको अडिसन नुवाकोट र धादिङमा सम्पन्न भइसकेको छ भने चितवनमा असार २८ र सोलुखुम्बुमा असार १४ गते हुने भएको छ ।
एनटिभी प्लसबाट प्रशारण उक्त शोलाई सनसाइन प्रोडक्शन हाउसले निर्माण गर्न लागेको हो । दश शहरमा अडिशन हुने जनाइएको उक्त शो का लागि गायक नारायण लामा, गायक राज सिग्देल र गायिका प्रमिला तामाङ निर्णायक रहेका छन् ।
बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि ‘लैबरी सिङगिङ स्टार’ को सुरुवात गरिएको प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले बताएकी छिन । बाल–बालिका केन्द्रीत रियालिटी शो खासै नहुने देखेर यस प्रतियोगिता सुरु गरेको गायिका समेत रहेकी तामाङको भनाई छ । अघिल्लो सिजनभन्दा चौथो सिजन अझ स्तरिय र उत्कृष्ट बनाउने उनको दाबी छ । प्रतियोगिताका विजेताले नगद २ लाख पुरस्कार पाउनेछन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
