दशैंमा ‘काले दाई’ प्रदर्शन हुने
दशैंको अवसरमा चलचित्र ‘काले दाई’ प्रदर्शन हुने भएको छ । बिहिबार फस्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । चलचित्र बिजया दशमीको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ ।
शिव शर्माको निर्देशन रहेको चलचित्र पारिवारिक प्रेमकथामा निर्माण भएको हो । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सम्शेर गुरुङ र ईन्द्र रामजालीले मिलेर निर्माण गरेका हुन् ।
चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै ईन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
