‘कैदीको पत्र’ पोष्टर सार्वजनिक
चलचित्र ‘कैदीको पत्र’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसर पारेर बिहिबार चलचित्रका तीन वटा पोस्टर सार्वजनीक गरिएको हो ।
साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित चलचित्रलाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा र संवाद पनि निर्देशक बैरागकै हो । सन् २०१९ को जुलाइमा सुटिङ सम्पन्न भएको चलचित्रको स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोलगायतका स्थानमा छायाँकन गरिएको हो ।
चलचित्रमा सुवर्ण थापा, सलिना थापामगर, कुनाल बिश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, बिभिया श्रेष्ठ, बिजया श्रेष्ठ, कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीका साथै बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स, लरेन्स वेस्टवरी, फस्तासको पनि अभिनय छ ।
हिराल जोशी, नानी हेरा, कैलाश बिश्वकर्मा र दील घलेले निर्माण गरेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, निर्देशक बैरागकै गीत, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
