वेब सिरिज ‘कैंची’को शुभमुहूर्त

सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो सिरिजको निर्माण घोषणा गरेको थियो ।
मधेशको सेटअपमा कथा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दिपक आरजे र सरोज शाको अभिनय रहनेछ ।
सत्य घटनाबाट प्रभावित वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई प्रस्तुत गर्ने तयारी निर्माण टिमको छ । बिशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सिरिज बन्ने छ । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । यो सिरिजको निर्देशन नरेश आफैले गर्दैछन् ।
बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतीमा निर्माण हुने सिरिजको निर्मातामा गणेश प्रसाद बाघ र कार्यकारी निर्मातामा समिर खरेल रहेका छन् । मित्र डि गुरुङको सम्पादन, मनिष भट्टको मुख्य सहायक निर्देशन, सुमित राज भट्टको एसोसियट निर्देशन, निहाल नरेन सिंहको कला निर्देशन र निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal