हाँस्य टेलिश्रखला ‘का बेमान’ नेपाल टेलिभिजनबाट प्रसारण हुने

नेपाल टेलिभिजनबाट हाँस्य टेलिश्रखला ‘का बेमान’ प्रसारण हुने भएको छ । लोकप्रिय हास्य अभिनेता रवि डंगोल बेमानको लेखन तथा निर्देशनमा बनेको उक्त श्रृंखलाको प्रसारण यही भदौ १७ गते बिहिबारदेखि प्रारम्भ हुँदैछ ।
नेपाल टेलिभिजनबाट प्रत्येक बिहिबार राति ८:५० बजेदेखि उक्त श्रृंखला प्रसारण हुने कलाकार तथा निर्देशक डंगोलले बताएका छन् । की एड्भर्टाइजिङको प्रस्तुतिमा तयार पारिएको उक्त श्रृंखलामा रबि डंगोल, पूर्ण थापा, मञ्जु श्रेष्ठ, मुकुन्द मैनाली, कृष्णभक्त महर्जन, सबिन शाक्य, युगज्योति क्रियाशिल, रेश्मा तिमिल्सिना, सबिता खड्का, समिक्षा पौडेल, अन्नपूर्णेश्वरी श्रेष्ठ, स्वानिका बास्तोला आदि कलाकारले अभिनय गरिरहेका छन् ।
श्रृंखलामा गायक तथा संगीतकार टंक बुढाथोकी स्वर तथा संगीतमा एउटा शीर्षक गीत पनि समावेश छ, जसका शब्दहरु शैलेन्द्र सिंखडाले रचना गरेका छन् । श्रृंखलामा किरण तुलाधर र बालकृष्ण वंशीको पाश्र्व संगीत छ । श्रृंखलालाई विवेक रिजालले सम्पादन तथा भिएफएक्स गरेका छन् भने दिलिप विष्ट यो श्रृंखलाका छायांकार हुन् ।
Latest Updates
New Releases (Bhadra 3)
-
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam -
Premganj
Director : Parichhed Sen
Casts : Benisha Hamal, Tej Giri, Sampada Baniya, Supriya Khanal, Simran Khadka -
Michael Adhikari
Director : Ranjeet Rauniyar
Casts : Saugat Malla, Shristi Shrestha, Anny Kunwar, Hemanta Budhathoki, Bidhya Karki
Next Releases (Bhadra 10)
-
Prakash
Director : Dinesh Raut
Casts : Pradeep Khadka, Diya Maskey, Prakash Ghimire, Renu Yogi, Rajan Khatiwada -
The Secrets of Radha
Director : Subarna Thapa
Casts : Shristi Shrestha, Saugat Malla, Khagendra Lamichhane, Menuka Pradhan, Divya Dev