Mansara

प्रेक्षा र रञ्जनको स्वरमा ‘जीत मान्दिनँ’

२०८० फागुन १०
प्रेक्षा र रञ्जनको स्वरमा ‘जीत मान्दिनँ’

प्रेक्षा लम्साल र रञ्जन राईको स्वरमा रहेको ‘जीत मान्दिनँ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ज्ञानेन्द्र गिरीको शब्द, संगीत, र विशाल निरौलाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

यस्तै केशवराज भट्टको निर्देशन रहेको भिडियोमा प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको छ । मनाङको रमणीय स्थानमा छायाङकन गरिएको भिडियोमा उत्सव दाहालको छायाङ्कन र राकेश दाहालको सम्पादन रहेको छ ।

डिसी अधिकारी प्रस्तुतमा निर्माण भएको  भिडियो प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

Mahajatra