Kumari Bank

यम बरालको ‘जवानी ताजा’मा नाजिर

लेन्सनेपाल २०७७ मंसिर ३
यम बरालको ‘जवानी ताजा’मा नाजिर

यम बराल र उर्मिला लाम्गादेको युगल गायन रहेको ‘जवानी ताजा ताजा छ’ बोलको गीत सार्वजनिक गरिएको छ ।  सार्वजनिक गीतमा आनन्द अधिकारीका शब्द र शिखर सन्तोषको संगीत रहेको छ ।

गीतको भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । रविन्द्र न्यौपानेले छायांकन गरेको भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोलाई सुदिप बरालको निर्देशन गरेका हुन् ।