'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक
निर्माणाधीन नेपाली चलचित्र 'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पर्दै चलचित्रका अभिनेता विजय बराल र निर्माता कम्पनीले आफ्नो सोसल मिडिया मार्फत संवाद र गीतसहितको संक्षिप्त भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमा दुई साथीहरूको स्केच तस्बिर राखिएको छ, जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन् । भिडियोको पृष्ठभूमिमा अभिनेता विजय बराल र एसोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर सुन्न सकिन्छ ।
थिम भिडियो सार्वजनिक गर्दै निर्माताले गायनमा दक्षता भएका नयाँ प्रतिभालाई गजबको अफर ल्याएका छन् । यो अफरमा यस भिडियोको अन्त्यमा रहेको गीतको अंशलाई आफूले गाएर टिकटकमा पोस्ट गर्ने एक जना पुरुष र एक जना महिला उत्कृष्ट प्रतिभालाई सोही गीतमा स्वर भर्ने अवसर दिने र गीतलाई चलचित्रमा समावेश गरिने निर्माताले जनाएका छन् । गीतमा अर्जुन पोखरेलले सङ्गीत दिनेछन् ।
पेपरक्लिप प्रालिले बनाउन लागेको ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् भने अभिनेता बरालले प्रमुख अभिनय गर्दैछन् । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।
चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
