
हलमा दर्शक आउन बिदा चाहिन्छ कि उत्कृष्ट चलचित्र

विदितै छ क्यालेण्डरमा रातो अक्षर बढी देख्यो कि चलचित्रकर्मीहरु आफ्नो फिल्म रिलिजको लागि हानाथाप गर्छन । शनिबार बाहेक चलचित्र रिलिजको साता अन्य दिन विदा पर्दा चलचित्रकर्मी निकै खुशी देखिन्छन् । बिदामा चलचित्रले राम्रो ब्यापार गर्छ भन्ने सोचले नै उनीहरु उत्साहित हुने हुन् ।
अब भने सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । परिक्षणका रुपमा लागु हुने यो ब्यवस्थाले चलचित्रकर्मीहरु खुशी देखिएका छन् । चलचित्रकर्मीहरु बिदाको दिनमा चलचित्रले अन्य दिनको भन्दा राम्रो ब्यापार गर्ने बताउँछन् । चलचित्रको ब्यापारसँग प्रत्यक्ष सरोकार राख्ने संस्था चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सरकारको निर्णय स्वागत योग्य भएको बताउँछन् । उनी हप्तामा एकदिन आफ्ना लागि समय दिनेहरु पनि अर्को दिन मनोरञ्जनका लागि हलमा आउने बिश्वास राख्छन् । अधिकारी यसले चलचित्रलाई मात्र नभएर सिङ्गो मनोरञ्जन र पर्यटन ब्यवसायलाई नै सघाउ पुर्याउने जिकिर गर्छन ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि सरकारको निर्णयले शुरुको अवस्थामा सकारात्मक प्रभाव देखिने बताउँछन् । हरेक विषयमा मान्छेहरु शुरु शुरुमा उत्साहित हुने गरेको भन्दै उनले यसपटक पनि शुरुका केही हप्ता हलमा दर्शक आउने सक्ने बताउँछन् । तर, यो चलचित्रकर्मीका लागि पनि परिक्षण नै भएकोले उनी यही हुन्छ भनेर यसै भन्न सक्दैनन । यद्यपी हलमा दर्शकको चाप बढ्न बिदा भन्दा पनि राम्रा चलचित्र नै आवश्यक पर्ने उनको भनाई छ ।
हुन पनि हो केही चलचित्रहरु विदाको दिन बाहेकका दिनमा पनि हाउस फुल देखिएका उदाहरण ताजै छन् । अनि केही चलचित्रले शनिबार पनि दर्शक नपाएको सत्य नै हो । यसअर्थ चलचित्र हलमा दर्शकको चाप बढाउन चलचित्र नै राम्रा बन्नु पर्छ वा भनौं दर्शकले मन पराउनु पर्छ भन्ने कुरालाई नकार्न सकिदैन । तर, अधिकारी भने विदाले चल्ने चलचित्रलाई अझ राम्रो हुने भन्दै चलचित्रको समग्र ब्यापारलाई यसले फाइदा नै पुर्याउने बताउँछन् । उनी शनिबार विदा हुने भएकैले शुक्रबार चलचित्र रिलिज हुने गरेको तर्क गर्दै अन्य दिनको तुलनामा विदाको दिनमा हलमा दर्शकको चाप बढ्ने बताउँछन् । त्यसो त आकाशले भनेको पनि सत्य नै हो । विदाको दिनमा हलमा दर्शकको चाप अन्य दिनको तुलनामा बढी नै हुन्छ । यसअर्थ हप्तामा एकदिन बिदा बढ्नु निर्माताको लागि खुशीकै हुरा हो । यद्यपी चलचित्रकर्मीहरुले सोच्न जरुरी छ कि सधै बिदाको दिनको ब्यापारले मात्र चलचित्र क्षेत्र उघो लाग्ला । दर्शकहरु हलमा आउन बिदा चाहिन्छ, कि उत्कृष्ट चलचित्र ? जवाफ खोज्नु पर्ने बेला भएन र ।


Latest Updates
-
चलचित्रको छायाँकन अन्यौल हुँदा ‘सत्यम’को लिरिकल गीत सार्वजनिक
-
-
-
-
चलचित्र पत्रकार संघद्वारा सम्मान र पुरस्कार घोषणा, लेन्सनेपालकर्मी सुबेदीलाई पत्रकारिता पुरस्कार
-
New Releases (Baishak 23)
-
Lakka Jawan
Director : Shiva Hari Poudel
Casts : Priyanka Karki, Dilip Rayamajhi, Salon Basnet, Barsha Shiwakoti, Kiran K.C. -
Shatkon
Director : Milan De Kapri
Casts : Mahesh Shakya (Karma), Lokendra Lekhak, Bholaraj Sapkota, Suyasha Adhikari, Biraj Kadariya
Next Releases (Jestha 6)
-
Life in LA
Director : Surya N. Shrestha
Casts : Akesha Bista, Bash Bissu, Shilpa Maskey, Gaurav Pahari, Buddhi Tamang