भारतमा ‘हजार जुनीसम्म’
चलचित्र ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र मार्च १३ देखि प्रदर्शन हुने भएको हो ।
प्राप्त जानकारी अनुसार नेपालीभाषी बसोबास गर्ने सिलीगुरीको इनोक्स सिटी सेन्टर, इनोक्स भेजा मल, दार्जिलिङको इनोक्स रिङ्क मल, कुर्सियोङ्गको फान्टासिया, कालिम्पुङको ड्रिम थियटर, सिक्किमको पनि ड्रिम थियटर, गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा चलचित्र प्रदर्शन हुनेछ ।
सिक्किमका विभिन्न स्थानमा छायाँकन गरिएको चलचित्र पारिवारिक कथामा निर्माण भएको छ । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेस प्रधान, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता विशाल चाम्लिङ हुन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
