‘गोपी’को विशेष शो सम्पन्न
चलचित्र ‘गोपी’को विशेष शो सम्पन्न भएको छ । राजधानीमा आयोजना गरिएको बिशेष शोमा राजनिनैतिक, कर्मचारी, व्यापारीहरुसँगै कलाकारहरुले चलचित्र हेरेका छन् ।
चलचित्र हेर्न पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, नेकपाका सांसद योगेश भट्टराई, नबिना लामा, नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललगायत कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, दिपाश्री निरौला, केदार घिमिरे, संजोग कोइराला सहित चलचित्रका कलाकारहरु तथा प्राबिधिकहरु उपस्थित थिए । गाई पालक कृषकको कथा समेटिएको चलचित्रले दृढ इच्छा शक्ति र निरन्तरको प्रयासले देश मै राम्रो उद्धम गर्न सकिन्छ भन्ने सन्देश बोकेको छ । चलचित्र हेरेपछि उपस्थितहरुले आफु ‘गोपी’ भएको महसुश गरेको प्रतिकृया दिएका थिए । उनीहरुले मौलिक कथामा बनेको चलचित्र भन्दै यसले स्वदेशमै कर्म गर्न प्रेरणा दिने समेत बताएका छन् ।
दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्तलगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई सामिप्य तिमिल्सिनाले लेखेका हुन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
