पवनदीप र अरुनिताको पहिलो नेपाली गीत ‘घामझै बलेकी’
‘घामझै बलेकी’ बोलको गीत सार्वजनिक गरिएको छ । एसपी कोइरालाको शब्द, शिखर सन्तोषको संगीत र पवनदीप राजन र अरुनिता कान्जिलालाको स्वर रहेको गीत बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा यो पहिलो नेपाली गीत हो । पवनदीपले पहिलोपटक नेपाली गीत गाउन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले गीतकार एसपी सापकोटाको शब्द मन परेकोले यो गीत गाएको बताए ‘म बच्चैदेखि नेपाली गीत सुन्दै हुर्केको हुँ । अहिले यति राम्रो नेपाली गीत गाउन पाउँदा खुसी छु। नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो कि, मलाई सुन्दर पहाडको झल्को याद आयो ।’
सार्वजनिक गीतको भिडियोलाई सुदिप बरालले निर्देशन गरेका हुन् । बरालकै डिओपी रहेको भिडियो गीतअनुसार निकै आकर्षक र लोभलाग्दो बनेको छ। गीतको भिडियो पोखरा र त्यस आस पासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ। भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकि चर्चित मोडल आश्मा बिश्वकर्माले अभिनय र नृत्य गरेका छन् । भिडियोमा कोरियोग्राफी मौसम हिमाली र सम्पादन सम्पादक प्रबिण भट्टको रहेको छ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
