‘फूलबारी’को टिजर सार्वजनिक
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ ।
टिजरमा प्राय मुख्य कलाकारहरु अटाएका छन् । विपिन र अरुणा दम्पतिको भूमिकामा देखिएका छन् । विपिन र अरुणासंगै चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।
फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् भने मनिष ढकालको निर्माण रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
