Mansara

चलचित्र हल खोल्न यस्तो छ सरकारको तयारी

२०७७ श्रावन ११
चलचित्र हल खोल्न यस्तो छ सरकारको तयारी

लकडाउनको अन्त्य भएपनि सरकारले चलचित्र क्षेत्रलाई सञ्चालनको अनुमती प्रदान गरिसकेको छैन । हलहरु बन्द भएको ४ महिना भन्दा बढी भइसकेको छ । छायाँकन ठप्प छ । प्रदर्शनको मुखैमा रहेका केही चलचित्रको प्रदर्शन पनि रोकियो ।

अन्य क्षेत्र व्यवसायहरु सञ्चालन भइरहेको अवस्थामा अब चलचित्र हलहरु पनि सञ्चालन गर्न पाउनुपर्ने माग चलचित्र क्षेत्रबाट उठ्न थालेको छ । केही चलचित्र निर्माताहरुले त भदौ बाट छायाँकन थाल्ने तयारी समेत गरेको देखिन्छ ।

यसै बिच अर्थ मन्त्री समेत रहेका सूचना, सञ्चार तथा प्रबिधी मन्त्री डा. युवराज खतिवडाले केही समयमा नै चलचित्र क्षेत्रलाई गतिबिधी सञ्चालनको अनुमती दिने संकेत गरेका छन् । चलचित्र बिकास बोर्डमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो संकेत गरेका हुन् ।

उनले स्वास्थ्य, सुरक्षाका मापदण्ड अपनाएर, भौतिक दुरी कायम गरेर चलचित्र मन्दीरले चलाउन सके त्यसको मापदण्ड बनाएर खोल्न सकिने जनाएका छन् । स्वास्थ्य, सुरक्षाका र भौतिक दुरी कायम गरि हल सञ्चालनबारे यस अघि नै चलचित्र बिकास बोर्डले मापदण्ड बनाएर सूचना, सञ्चार तथा प्रबिधी मन्त्रालय मार्फत कोभिड – १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितीमा पेश गरिसकेको छ । मन्त्री खतिवडाले सोही मापदण्डमाथी छलफल गरेर टुङ्गोमा पुग्न सकिने जनाएका छन् ।

चलचित्र क्षेत्रमा गतिबिधी सञ्चालनको अनुमती दिदा यो क्षेत्र पनि चलायमान हुने उनको बिश्वास छ । चलचित्र क्षेत्र चलायमान भएमा चलचित्रकर्मी, लगानीकर्ता सहित समग्र चलचित्र क्षेत्रलाई उत्साहको वातावरण बन्न सक्छ उनको बनाई छ ।

स्मरण रहोस् चैत्र ६ गते बुधबार बसेको कोभिड – १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चलचित्र हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्ल्ब, म्युजियमलगायतका मनोरञ्जन स्थल बन्द गर्ने निर्णय गरेको थियो ।

Mahajatra