दीप श्रेष्ठको ‘एक्लो भएछु’मा शिब श्रेष्ठ
बरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा डा. बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ ।
बुढेसकालमा एक्लो जीवन जीउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा बरिष्ठ नायक शिव श्रेष्ठको अभिनय रहेको छ । सुरज तामाङको निर्देशन रहेको भिडियोमा श्रेष्ठसँगै नायिका अनु शाह र बालकलाकार देवासिस निरौलाको अभिनय, बिशाल थापाको छायाँकन र ज्वाला राईको सम्पादन रहेको छ । गीतको अडियो तथा भिडियोलाई गीतकार डा. अर्यालले उत्पादन गरेकी हुन् ।
कार्यक्रममा गीतमा आवद्ध श्रष्टा तथा कलाकार सहित रोयल्टि संकलन समाज नेपालका कार्यबहाक अध्यक्ष चन्द्र शर्मा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, पीम नेपालका उपाध्यक्ष शंकर थापा स्माइललगायतका अतिथीहरुले संयुक्त रुपमा गीत बिमोचन गरेका हुन् ।
संगीतकार योगेन्द्र उपाध्यायले शब्दको भाव अनुरुपकै संगीत तयार पार्ने आफ्नो इमान्दार प्रयास रहेको जनाए । निकै छानेर मात्र गीत गाउने बरिष्ठ गायक श्रेष्ठले आफ्नो कम्पोजलाई स्वीकारेर गीत गाइदिदा राम्रै काम गरेछु भनेर आत्मसन्तुष्टि मिलेको समेत उनको भनाई छ । गीतकार डा. अर्यालको भावनालाई मर्न नदिन आफुले सोही अनुरुप अडियो र भिडियोमा काम गरेको उनको तर्क छ ।
कार्यक्रममा बोल्दै बरिष्ठ गायक श्रेष्ठले गीतको शब्द र संगीतले आफुलाई छोएका कारण गीत गाउन तयार भएको बताएका छन् । आफ्ना अरु गीत भन्दा यो गीत केही फरक र बिशेष रहेको भन्दै उनले त्यसको श्रेय संगीतकार उपाध्यायलाई दिए । उनले संगीतकार उपाध्यायले आफुलाई फरक शैलीमा गाउन सिकाएको समेत बताए । यस्तै गीतका शब्दमै एउटा पूर्ण कथा रहेको भन्दै उनले शब्दको भावलाई मर्न नदिन सबैको मेहनत उत्तिकै प्रसंसनिय रहेको जनाए ।
यस्तै बरिष्ठ नायक शिब श्रेष्ठले शुरुमा आफु दीप श्रेष्ठको गीत भनेर अभिनय गर्न तयार भए पनि गीत सुनिसकेपछि भने साच्चिकै मन छोएको बताएका छन् । भिडियोमा अभिनय गर्दै गर्दा कतिपय ठाँउमा आफु साच्चिकै भावुक भएको उनको प्रतिक्रिया छ । उनले भिडियो निर्देशक तामाङको निर्देशकिय कौशलताको प्रसंसा गर्दै अभिनेत्री शाहको अभिनयको पनि आफु प्रसंसक भएको बताए । गीतकार डा अर्यालको मुटु छुने शब्दमा संगीतकार योगेन्द्र र गायक श्रेष्ठले प्राण भरेको उनको भनाई छ ।
यस्तै अभिनेत्री शाहले बरिष्ठ गायक श्रेष्ठको स्वर रहेको गीतमा बरिष्ठ नायक श्रेष्ठसँग स्कृन सेयर गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताइन । गीतको अडियो निकै बलियो लागेरै भिडियोमा काम गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै गीतकार डा. अर्याललले गीतको रचना गर्भबारे प्रकाश पारेकी थिइन । उनले बृद्ध उमेरमा एक्लो जीवन कसैले भोग्न नपरोस भन्ने सन्देश दिन यो गीत तयार पारेको जनाइन ।
यस्तै संगीतकार संघ नेपालका अध्यक्ष सापकोटाले गीतकार डा. अर्याल, संगीतकार उपाध्याय र गायक श्रेष्ठले नेपाली संगीतलाई थप धनी बनाएको बताएका छन् । उनले गीतले वर्तमान समयको वास्तविकता बोलेको जनाए । यस्तै पीम नेपालका उपाध्यक्ष संगीतकार थापाले गीतले दिएको सन्देश सबैले मनन् गर्न सके कोही कहिल्यै एक्लो हुन नपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुङ्गाना, संगीतकार संघका महासचिव बसन्त सापकोटा, राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, ब्युटि पेजेण्ट एसोसियसनका महासचिव निशु कान्त झा, फिल स्टुडियोका निर्देशक कुमार केसी सहित गीतमा आवद्ध सम्पूर्ण कलाकर्मी सहित बिभिन्न गायक गायिकाको उपस्थिति रहेको थियो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
