फरक शैलीमा डा. उपाध्यायका १३ गीति कविता
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता सार्वजनिक गरेका हुन् ।
गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ८० विधामा यसअघि नै विश्व रेकर्ड कायम गरिसकेका गीतकार तथा साहित्यकार उपाध्यायले बिहीबार सार्वजनिक गरेका गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताएका छन् ।
यस पटक उनले सार्वजनिक गरेको गीति कविताहरुमा शास्त्रीय संगीतमा प्रयोग भएका ७४ रागको नामबाट, एउटै गीतमा नौबटै रस अभिव्यक्त गरिएको, विश्वका अत्यधिक वेशभूष, संसारमा प्रचलित कमिक्स, संसारका प्रचलित कार्टून फिल्म, विश्व प्रसिद्ध हिरोरअभिनेता, विश्व प्रसिद्ध नायिकारअभिनेत्री, संसारका प्रसिद्ध नदी, संसारका विभिन्न खेल, संसारको ठूलो(साने चर्चित चङ्गा, विभिन्न रङको वर्णन गरिएको, सुनका विभिन्न गहनाको डिजाइन र ग्रह तारा समेटिएको गीति कविता रहेका छन् ।
यस्ता शीर्षकका र विषयवस्तु समेटिएका गीति कविता यसअघि सार्वजनिक नभएको र यो पहिलो पल्ट भएको उनको दावी छ ।
पत्रकार भेटघाट कार्यक्रममा पत्रकार तुलसी गिरी ‘भावुक’, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रका संघ पूर्वउपाध्यक्ष गीता अधिकारी, निर्देशक माइकल चन्दलगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उनीहरुले डा. उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताएका छन् ।
यस्तै उपस्थित सञ्चारकर्मीहरूले डा. उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए । डा. उपाध्यायले पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै आफ्ना कार्य विश्वमा नेपाललाई चिनाउने रहेको जिकिर गरेका छन् । उनले आगामी वैशाखमा एकसय भन्दा बढी विश्व रकेर्ड पुर्याउने उद्देश्यले आफूले कार्य गरिरहेको बताए ।
बिहीबार सार्वजनिक तेह्र फरक शैलीका गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारी गरेका छन् । गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उनी पहिलो नेपाली सर्जक हुन् ।
कीर्तिमानी डा. उपाध्यायका २४ एल्बमका सयौं गीत स्रोतारदर्शकमाझ छन् । यस्तै उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएसकेका छन् । उनले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा गीति एल्वम छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
