Kumari Bank

समिक्षकहरु चलचित्र लेखनमा फेल भयौं – डा. प्रदिप भट्टराई, समिक्षक

बिष्णु सुबेदी लेन्सनेपाल आरकाइभ
समिक्षकहरु चलचित्र लेखनमा फेल भयौं – डा. प्रदिप भट्टराई, समिक्षक

नेपाली चलचित्रमा बिद्यावारिधी (पिएचडी) गर्ने पहिलो व्यक्ति हुन डा. प्रदिप भट्टराई । भट्टराई चलचित्र समिक्षकका रुपमा परिचित छन् । उनले चलचित्र वान वे समेत लेखेका थिए । उक्त चलचित्र उत्कृष्ट नठहरिएपछि लेख्दै गरेको दोस्रो चलचित्र छलियुग भने विचैमा रोकेको बताउँछन् । हाल उनी चलचित्र समिक्षामा सक्रिय छैनन् । यद्यपी पछिल्लो समय चलचित्र समिक्षलाई लिएर निकै बहसहरु भइरहदा उनीसँग सन् २०१५ को शुरुमै गरिएको कुराकानी प्रस्तुत गरेका छौं । बिष्णु सुबेदीले डा. भट्टराईसँग गरेको कुराकानीको अंश लेन्सनेपाल अर्काइभबाट :

चलचित्र समिक्षा भनेको के हो ?
कुनै पनि चलचित्र, निर्देशकले उसको क्यामराको लेन्सबाट भन्छ । त्यो भन्ने बेलामा उसले व्याकरण मिलाएको छ कि छैन, त्यो व्याकरण हेर्ने मात्र समिक्षा हो ।

समिक्षाले कमजोरी मात्र उठाउँछ की सकारात्मक पक्षहरुलाई पनि केलाउँछ ?
सामान्यतयाः समिक्षा आचोलचना होइन समालोचना हो । खासमा समिक्षा न्यूटल पोइन्ट बसेर गर्नुपर्ने हो । जिरोमा झर्ने, दिमाखलाई खालि गर्ने अनि नकारात्मक र सकारात्मक दुवै पक्षको विचमा बसेर गर्नुपर्ने हो ।

तर, समिक्षकहरु त अभाव, दबाब र प्रभावबाट मुक्त छैनन् भनिन्छ नी ?
पहिलो कुरा त निरपेक्ष रुपमा हेर्नु भएन सापेक्ष रुपमा हेर्नु पर्यो । हामी अभाव, दबाब र प्रभावबाट मुक्त हुनै सकेका छैनौं । जसले गर्दा व्याकरण समाउनै सकेन वैयाकरण हुनु त टाडाको कुरा हो ।

त्यसो भए त चलचित्र समिक्षा गर्नुको के अर्थ भयो र ? नगरे भयो नी ?
मेरो विचारमा पछिल्लो समय चलचित्र समिक्षा हुनै छोड्यो । यदाकदा हुने गरेको छ । त्यो पनि सम्बन्धका आधारमा । पछिल्लो समय चलचित्र समिक्षा गर्ने मान्छेहरु पनि खासै देखेको छैन मैले । साह्रै थोरै मान्छेहरु छन् र ति मान्छेहरु पनि कतै न कतै कोहीसँग त्यही अभाव, दबाब र प्रभाव भयो भने कलम चलाउने कोसिस गर्छन, कलाम चलाउने महेनत गर्छन । हैन भने त चलचित्र समिक्षा नै छैन भन्दा हुन्छ ।

अनि समिक्षकले त्यसो नगरेर यसो गर्नुपर्थ्यो भनेर लेख्न मिल्छ ?
चलचित्र वास्तवमा निर्देशकको माध्यम हो । उसले आफ्नो तरिकाले कथा बाचन गर्ने हो । समिक्षकले के गर्ने हो भने त्यो कथा बाचन उसको प्वइन्ट अफ भ्यूबाट ठिक छ कि छैन ? व्याकरण फलो गरेको छ कि छैन ? भन्ने मात्र हेर्ने हो । तर, यसो गरेको भए के हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो, त्यसो गरेको भए हन्थ्यो भन्नुको कुनै अर्थ छैन । चलचित्र समिक्षामा एउटा चर्चित भनाई पनि छ – ‘यदी त्यसो गरेको भए वा त्यसो नगरेर यसो गरेको भए के हुन्थ्यो भन्ने को भन्नेको सहज जवाफ हो अर्कै चलचित्र बन्थ्यो ।’ त्यसैले चलचित्र समिक्षकले अर्कै चलचित्र बनाउने प्रयास गर्नु हुँदैन ।

समिक्षा माथी लगातार रुपमा प्रश्न किन उठिरहेको छ ?
सवैभन्दा पहिलो त त्यो जुन प्रश्न नेपाली चलचित्र उद्योगले उठाइरहेको छ त्यो नै म जायज मान्दिन । समिक्षाले लेख्छ, समिक्षाले गालि गर्छ, समिक्षाले प्रश्न उठाउछ भनेपछि त चलचित्र नबनाए भइहाल्यो नी । त्यो उसको कर्म हो, उसलाई गर्न दिनुपर्छ त्यो । अर्को तर्फ समिक्षकले पनि समिक्षाको धर्म विपरित गएर लेखेका पनि छन् । यस्तो अवस्थामा त्यो सक्षिकले आफ्नै सुसाइट नोट लेखेका हुन् ।

तर, समग्रतामा सामान्यिकरण गर्ने समाज भएको हुनाले – चलचित्र समिक्षा गर्ने सबै समिक्षकहरु नकारात्मक नै लेख्छन् वा चलचित्र निर्माण गर्ने सबै चलचित्रकर्मीले हचुवाकै भरमा चलचित्र निर्माण गर्छन भन्ने सामान्यिकरणको प्रश्न छ । म चाँही सामान्यिकरण तेस्रो विश्वको सबै भन्दा ठुलो रोग हो, यसरी सामान्यिकरण गर्नु हुँदैन भन्ने पक्षको मान्छे हो ।

एउटा समिक्षक हुनका लागि न्यूनतम योग्यता के हो ?
समिक्षक बन्नु अघि सबैभन्दा पहिला पत्रकारीता जान्नु पर्यो । पत्रकारिताका आधारभुत कुरा जानेपछि विशिष्टिकरण गर्दै उ चलचित्र पत्रकारितामा आउने हो । अब उसले चलचित्रका आधारभुत कुरा जान्नु पर्यो । चलचित्रका प्राज्ञिक र प्राबिधिक कुरा जान्नु पर्यो । चलचित्र कसको माध्यम हो भन्ने जान्नु पर्यो । भाषा जान्नु पर्यो, समाज जान्न पर्यो । चलचित्रको फरम्याट के हो ? स्टक्चर के हो ? त्यसको पनि आधारभुत कुराहरु जान्नु पर्यो । त्यसपछि चलचित्रको तार्गेट दर्शक जान्नु पर्छ । निर्देशकले कस्तो दर्शकलाई तार्गेट गरेको बुझ्न सक्नु परयो । चलचित्रको जनरा जान्नु पर्यो । यि सबै कुरा माथी अर्को महत्वपूर्ण कुरा उसले चलचित्रको क्यानभाष के हो भन्ने कुरा पनि जान्न जरुरी छ । सामान्यतयाः यो जान्यो भने समिक्षक बन्न सक्छ । तर हामी चलचित्र समिक्षा पढेर भन्दा पनि परेर बनेका समिक्षकहरु धेरै छौं ।

नेपालमा देखिएका चलचित्र समिक्षकहरुसँग यो योग्यता छ त ?
मेरो यही कुरामा मत भिन्नता छ । मेरो बिचारमा चलचित्र पत्रकारहरु नै नेपालमा कति छन् भनेर खोज्नु पर्ने स्थिति छ । उनीहरुको रिपोर्टिङका आधारमा । हामी चलचित्र पत्रकार नै हुने हैसियतमा कति छौं, प्रश्न गर्नु पर्ने अवस्थामा छौं । समिक्षक त धेरै टाडाको कुरा हो । हातको औंलामा गन्न सकिने पनि छैनौं । बाँकी संख्या भनेको भोटको राजनीति मात्र हो ।

एउटा समक्षिकले यसो भन्दा अरु समिक्षकको योग्यतामाथी गहन प्रश्न उठ्दैन र ?
म साँचो कुरा भन्ने मान्छे, मलाई त्यसमा कुनै आपत्ति छैन । अहिले समिक्षक भनिने ५ जना ले पनि समिक्षा गर्दैनन् । त्यसैले यसो भन्दा वास्तविक समिक्षकले चित्त दुखाउनु पर्ने अवस्था छैन ।

पछिल्लो समय एकपछि अर्को समिक्षक चलचित्र लेखनमा आइरहनु भएको छ । समिक्षकको नजरबाट हेर्दा चलचित्र समिक्षकहरु चलचित्रमा कत्तिको सफल पाउनुहुन्छ ?
जुन हाम्रो समिक्षकको एउटा वेट थियो नी त्यो विन्दुबाट, त्यो कोणबाट हेर्दा हामी चलचित्र लेख्न नै योग्य रहेनछौं । म त स्वीकार्छु । अब अरु साथीहरुलाई स्वीकार्न कुनै ग्लानी छ भने उहाँहरुले फेरी प्रयास गर्दै जाने हो । वास्तवमा धेरैले नेपाली चलचित्रको स्कृप्ट नै ठिक भएन भनेर प्रहार गरे । चलचित्रकर्मीले पनि हाम्रो परिक्षा लिए । हामीले जानेर नजानेर परिक्षा दियौं । परिक्षा नदिइकन डिष्टिङसन आउनु स्वभाविक हो । परिक्षा दिदा हामी फेल भयौं । यो स्वीकार गर्नु पर्छ । म स्वीकार्छु ।