दिपेन्द्रको '२ नम्बरी'मा दया, पल र बर्षा
चलचित्र '२ नम्बरी' बन्ने भएको छ । राजधानिमा आयोजित एक कार्यक्रमका बिच दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत, बुद्दी तमांङलगायतका कलकरको अभिनय रहने जनाइएको छ ।
सामाजिक कथाबस्तुमा निर्माण हुने चलचित्रमा निर्देशक लामाकै लेखन र सुशन प्रजापतिको छायांकन रहने छ । किरण नेपालीको प्रस्तुति रहने चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने रोहित कट्टेल र सरोज नेपाली निर्माता र अमलादेबी राई सह-निर्माता हुन ।
रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने चलचित्र माघ २५ देखि फ्लोरमा जाने जनाइएको छ । २०७७ सालको जनैपुर्णिमा चलचित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ ।
Latest Updates
New Releases (Chaitra 9)
-
Mahajatra
Director : Pradip Bhattarai
Casts : Hari Bansha Acharya, Bipin Karki, Rabindra Singh Baniya, Rabindra Jha, Divya Dev
Next Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang