लन्डन माउन्टेन फिल्म फेस्टिभलमा ‘सहायक श्रीमान्’

२०७९ पौष २०
लन्डन माउन्टेन फिल्म फेस्टिभलमा ‘सहायक श्रीमान्’

बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनौट भएको छ । निर्देशक गणेश पाण्डेले वृत्तचित्र फेस्टिभलमा छनौट भएको जानकारी दिदै फेस्टिभल सन् २०२३ भित्र आयोजना हुने जनाएका छन् ।

वृत्तचित्रले यस अगाडि अमेरिका लगायत बिभिन्न देशका फरक फरक फेस्टिभलमा अवार्ड जितेको थियो । ३५ मिनेटको यो फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । 

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने चलन अहिले पनि नेपालका हुम्ला लगायतका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।

साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।