‘सहायक श्रीमान’ले जित्यो ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’
नेपालको बहुपति प्रथाका बारेमा बनेको वृत्तचित्र ‘सहायक श्रीमान (को–हजबेन्ड)’ले अमेरिकाको एटालन्टामा भएको ‘आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ ।
अगस्ट ४ देखि ७ सम्म आयोजित फेस्टिभलमा उसले यो अवार्ड जितेको हो । अवार्ड वृत्तचित्रका निर्देशक गणेश पाण्डेले लिएका थिए । आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिवलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार, यसपालि ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनौट भएका थिए।
यसअघि पाण्डेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले पनि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा ‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ जितेको थियो।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा खिचिएको हो । वृत्तचित्रमा त्यहाँ विद्यमान एकै घरका जति पनि दाजुभाइ छन् उनीहरुले एकै श्रीमति बिहे गर्ने चलनको बारेमा प्रस्तुत गरिएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
