रुजन र मेलिनाको स्वरमा ‘चञ्चले आँखा’

२०८२ असोज ६
रुजन र मेलिनाको स्वरमा ‘चञ्चले आँखा’

रुजन सिवाकोटी र मेलिना राईको स्वर रहेको गीत ‘चञ्चले आँखा’को भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतमा डीपी खनालको शब्द र देवेन्द्र बरालको संगीत छ ।

पछिल्लो समय अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका रुजनले बाल्टिमोरमा रहेको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरेका हुन् । उनको स्थायी घर भने झापा (नेपाल) हो । रुजनले अमेरिकाका बिभिन्न स्थानमा आयोजना हुने स्थानीय कार्यक्रममा प्रस्तुति दिदै आएका छन् ।

सुनिल क्षेत्रको निर्देशन रहेको भिडियोमा उनीसँगै नायिका केकी अधिकारीले अभिनय गरेकी छिन । भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन र रंग संयोजन छ ।