Mansara

केकीको ‘बोक्सीको घर’ बैशाख १४ मा रिलिज हुने

२०८० माघ २३
केकीको ‘बोक्सीको घर’ बैशाख १४ मा रिलिज हुने

अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’मा आधारित चलचित्र केकीको होम प्रोडक्सनमा निर्माण भएको हो । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गरेका हुन् ।

चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।

सामाजिक–थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने चलचित्रलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

केकी स्वयंम निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।