‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ सार्वजनिक
‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको सांगीतिक भिडियो सार्वजनिक गरिएको छ । जंगी अड्डामा आयोजित एक समारोहका बिच प्रधानसेनापति प्रभुराम शर्माले गीत सार्वजनिक गरेका हुन् ।
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठका शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत र गीता पाण्डे र सुवास तिम्सिनाको स्वर रहेको छ । गीतमा मुलुक निर्माण र गौरव कायम राख्नका लागि सेनाले दिएको योगदानको चर्चा गरिएको छ ।
गीतकार श्रेष्ठले कार्यक्रममा नेपाली सेनाले स्थापना कालदेखि अनवरत रूपमा कुनै पनि स्वार्थ नराखी देश र जनताको सेवा गर्दै आइरहेको बताए । ‘नेपाली सेनाले स्थापना कालदेखि नै देशको सेवामा पु¥याएको योगदानको चर्चा गर्न मन लागेकाले गीत लेखेको हुँ’ उनले भने, ‘अहिले सूचना र सञ्चारको युग भएकाले नेपाली सेनाको योगदानलाई शब्दमार्फत गीतमा ल्याएको हुँ ।’
गीतकार एवं प्राध्यापक हेम भण्डारीले गीतमा नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको टिप्पणी गरे । गीतको भिडियोमा नेपाली सेनाले गरेको योगदानलाई प्रस्तुत गरिएको छ । सेनानी विशेष पौडेलले निर्देशन गर्नुभएको गीतको भिडियोलाई प्रकाश हुमागाईं र किशोर डङ्गोलले सम्पादन गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
