युट्युबरको एकता अघि झुक्यो ‘भुठान’को निर्माण टिम
निर्देशक पौडेल र कलाकार आचार्यले माफी मागेपछि बल्ल निर्माता थापाले भने ‘आइ एम सरी’

न्यू मिडियाका रुपमा प्रभावशाली उपस्थिति जनाउँदै आएका युट्युबरको कार्यशैली माथी अनेक प्रश्न होलान् । विशाल सागरमा अनेक प्रजातिका माछा भेटिन्छन् भने जस्तै युट्युबरका पनि आ–आफ्नै शैली, विषय र त्यसमाथीका प्रस्तुती देखिन्छ । यसअर्थ सबै युट्युबरलाई एउटै बास्केटमा हालेर हेर्नु दुर्भाग्य पूर्ण हुन जान्छ ।
कुरा युट्युबलाई आधार बनाई पत्रकारिता गरिरहेका चलचित्र पत्रकारहरुको । चलचित्रका कार्यक्रममा उपस्थित हुने सबै युट्युबरलाई चलचित्र पत्रकार भन्न सकिदैन । पत्रकारिताका आफ्नै मुल्य र मान्यता छन् । ति मुल्य र मान्यता भित्र सबै युट्युबर छैनन् । जति चलचित्र पत्रकारले युट्युब मार्फत पत्रकारिता गरिरहेका छन्, उनीहरु पत्रकारिताको न्यूनतम् मुल्य मान्यता भित्रै छन् वा छैनन् त्यो पनि बहसकै विषय होला । यद्यपी चलचित्र पत्रकारिताकै विकासमा उनीहरुको योगदानलाई नकार्न मिल्दै मिल्दैन । युट्युबरले चलचित्रको प्रचार प्रचारमा खेलेको भूमिकालाई त अझ कम आकलन गर्नै मिल्दैन ।
युट्युब मार्फत पनि ब्यवसायिक पत्रकारिता गर्न सकिन्छ भनेर धेरैले प्रमाणित गरेका छन् । यसैले पछिल्लो समय चलचित्रको प्रचारका लागि रोजाईमा देखिन्छन् युट्युबरहरु । चलचित्र ब्यवसाय हो । अनि पत्रकारिता पेशा हो । पत्रकारले बिज्ञापन र समाचारलाई अलग बनाएर हेर्नु पर्छ । तर, मिडिया हाउस ब्यवसायिक संस्था हो । यसैले औपचारिक समाचार सम्प्रेषण गर्ने बाहेक अन्य विषयमा कस्तो कन्टेन्टलाई महत्व दिने त्यो मिडिया हाउसको पोलिसीमा भर पर्ने कुरा भयो । त्यसैले त सबै चलचित्रको प्रचार सामग्री सबै मिडियाले एकैनाश सम्प्रेषण गर्दैनन् । अझ यसमा मिडिया को–अर्डिनेटरले कसरी सम्वन्यन गर्छ भन्ने कुराले ठुलो भूमिका खेल्छ । यस्तै चलचित्रको प्रचार नीतिले पनि समाचार बाहेकका कन्टेन्ट निर्माणमा अहम् भूमिका खेल्छ ।
हालसालै चलचित्र ‘भुठान’का निर्माता अविरल थापाले सामाजिक सञ्जाल मार्फत युट्युबमा पत्रकारिता गरिरहेका युट्युबर प्रति गम्भिर आरोप लगाए । उनको घुमाउरो आरोप थियो युट्युबरहरु पैसामा बिक्छन् । पैसा नपाए चलचित्रको कन्टेन्ट पनि क्रियटर गर्दैनन् । सामाजिक सञ्जालमा उनले आफुले निर्माण गरेको चलचित्र ‘भुठान’को प्रचारका लागि युट्युबरहरु आफुलाई खोज्दै नआएको समेत गुनासो पोखे । उनले लेखे – ‘फिल्मले पैसा नबाँड्ने भनेपछि थ्यगतगदभच वाला पत्रकार भन्नेहरु चाहिँ छेउछाउमै÷सम्पर्कमै नआउनेरैछन् ! छन् गेडी क्यामेरा तेरी छैनन् गेडी क्यामेरा टेडी !’
उनको यो स्टाटस् केही समयमै प्राइभेट गरे, त्यसको केही समयमा फेरी सार्वजनिक गरे । अहिले भने उक्त स्टाटस् फेरी प्राइभेट वा डिलिट के गरे, उनको वालामा सार्वजनिक छैन ।
उनको यो अभिब्यक्तिको युट्युबरहरुले खुलेरै बिरोध गरे । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा आधा घण्टा यही स्टाटस्को वरिपरि दोहोरो सवाल जवाफ भयो । निर्माता थापा आफ्नो भनाई गलत थियो भन्ने कुरामा रत्तिभर सहमत देखिएनन् । उनी आत्मआलोचना गर्नुको साटो आफ्नो अभिब्यक्तिको बचाउँमा लागे । बरु आफुलाई गलत प्रमाणित गर्न पत्रकारलाई चुनौति दिइरहे । आफु पत्रकारिताको बिद्यार्थी भएको, पत्रकारिताको कलेज नै सञ्चालन गरिरहेको भन्दै उनले आफु भित्रको अहम्ता प्रस्तुत गरिरहे । उनलाई उक्त स्टाटस् औचित्यहिन भएको भन्दै प्रश्न गर्दा त्यसलाई नकार्दै भने – ‘यो एकदमै औचित्यपूर्ण छ । म यसमा गलत प्रमाणित हुनुपर्छ तपाईहरु एकदम सही हुनका लागि । यदी म १०० प्रतिशत गलत भए भने तपाईहरु ठिक ठाँउमा हुनुहुन्छ । तर म १ प्रतिशत मात्र सही छु भने देखि तपाईहरुले आफुलाई पनि प्रश्न गर्नुपर्छ ।’ केही बेरको सवाल जवाफ पछि उनले आफुले सबैलाई त्यसरी भन्न नखोजेको जनाए । बरु उनले आफ्नो अभिब्यक्तिलाई युट्युबरले गलत तरिकाले बुझेको भाष्य निर्माण गर्न खाजे । उनले युट्युबरको बुझाई प्रति माफी माग्दै भने – ‘यदि तपाईहरु सबैलाई त्यसरी लागेको छ भने त्यसको लागि म माफी चाहन्छु ।’
झण्डै १६ मिनेट लामो सवाल जवाफको सुरुमै निर्माता थापालाई युट्युबरहरुले चलचित्र ब्यवसायको लागि बनाएको हो कि हैन भन्दै प्रश्न गरे । उनले ब्यवसायको लागि हो भन्ने जवाफ दिए । आफुले चलचित्र हलमा चलाएर पैसा कमाउने उद्देश्य बोकेका थापाले युट्युबरले फोकटमा कन्टेन्ट क्रियट गरेनन् भन्नु नै गलत थियो । उनका अभिव्यक्ति सुनि सकेपछि चर्चित युट्युबर मदन रिजालले केही कुरा राखे । उनले यसअघि मिडिया को–अर्डिनेटर मार्फत सम्प्रेषण गरिएका सबै सामग्री हरेक मिडियाले स्थान दिएको स्मरण गराए । अनि निर्माता थापाको अभिब्यक्ति प्रति आपत्ति जनाए । रिजालले प्रश्न तेर्साए – युट्युबरहरु आएनन्– आएनन् भनियो । कहाँ आउने ? अहिले सम्म एउटा इभेण्ट गर्नु भएको छैन । आउने कहाँ हो ? तपाईको अफिस खोज्दै आउने हो कि ? तपाईको इभेण्ट नै भएको छैन हामी कहाँ आउने ? उनले मिडिया को–अर्डिनेटर किन राखेको ? मिडिया को–अर्डिनेटर मार्फत किन को–अर्डिनेट नगरेको ? जस्ता प्रश्नहरु एकसाथ राखे । उनले को–अर्डिनेटरको काम पत्रकार र निर्माण टिमको बिचमा पुलको काम गर्नु भएको स्मरण गराउँदै यदि त्यसो नगर्ने हो भने पत्रकारसँग सिधा सम्पर्कमा रहन पनि आग्रह गरे ।
यसपछि थापाले आफुहरुले अफिसियल पेजमा सम्पर्क नम्बर राखेको जवाफ दिए । उनको आसय आफुलाई खोज्दै आउनु पर्छ भन्ने नै थियो । उनले आफुहरुले डिजिटल कन्टेन्ट सार्वजनिक गरेपछि टेलिभिजनमा अन्र्तवार्ता दिएको, अनलाईनमा स्टोरी आएको, रेडियोमा स्टोरी आएको भन्दै सबैतिर आउदा युट्युबर नआएको बताए ।
त्यसपछि मदनले आफुहरुले पत्रकारिता र व्यवसायलाई सँगै लगेको बताए । उनले बरिष्ठ कलाकार हरिबंश आचार्य प्रति इंकित गर्दै भने – ‘हरिबंश आचार्यको काम अभिनय गर्ने हो भन्दैमा उहाँले पारिश्रमिक नलिईकन काम गर्नुहुँदैन । धर्म मात्र निर्वाह गर्नुहुन्न होला नी ।’
त्यस पछि कलाकार आचार्यलाई अहिलेको परिस्थीति बारे प्रश्न सोधियो । उनले चलचित्रको सफलतामा पत्रकारको भूमिकालाई महत्व दिदै टिम बाट भएको कमीकमजोरी प्रति माफी मागे । उनले शिर झुकाएरै सरि भन्दै भने – ‘आजको यो कार्यक्रममा उमेरले सबैभन्दा सिनियर मै हुँला । यो विचको कुराहरुलाई छोडीदिनुस् म तपाईहरु सँग सरी भन्न चाहन्छु ।’ उनले आफ्नो चलचित्र पत्रकारहरुको साथ सहयोग विना सफल हुन नसक्ने भन्दै सबैको सहयोगको अपेक्षा समेत राखे ।
त्यसपछि बोले चलचित्रका निर्देशक बिनोद पौडेल । उनले पनि शुरुमा निर्माता थापाले सबै युट्युबरलाई लक्षित गर्दै नलेखेको भन्दै उनको बचाउ गरे । उनले युट्युबरलाई अपमान नगरेको भन्दै स्पष्ट पार्ने कोसिस गरे । बरु उनले आफुले पनि निर्माता थापालाई यसबारेमा प्रश्न गरेको भन्दै भने – ‘कति चिज उहाँले मलाई भन्नु भयो मैले बुझे । यसरी सबै जनालाई युट्युबर भनेको होइन भन्ने लाग्छ । अझै पनि लाग्छ । र भन्नु भएको छैन भने उहाँले सरी भन्नु पर्छ । त्यो गलत हो ।’
त्यसपछि युट्युबर रिजालले नै आजको कार्यक्रममा चलचित्रका बारेमा कुनै पनि प्रश्न नगर्ने अभिब्यक्ति दिए । उनले चलचित्रका बारेमा केही भन्न र जवाफ दिन मन छ भने आफ्नो स्टुडियो खुल्ला रहेको भन्दै आफ्नो ब्यवसायिक धर्मले आजको कार्यक्रममा चलचित्रबारे कुनै प्रश्न गर्न नदिएको जनाए ।
त्यसपछि कार्यक्रम सञ्चालिकाले अझै १० मिनेटको समय भएको भन्दै पत्रकारहरुलाई प्रश्न गर्न आग्रह गर्छिन । दुर्भाग्य त्यहाँ कसैले पनि कुनै प्रश्न गर्दैनन् ।
यतिबेला भने बरिष्ठ अभिनेता आचार्यले समेत निकै असहज महशुस गरिरहेको देखिन्छ । निर्देशक पौडेल गहन सोचमा देखिन्छन् । आचार्य आफ्नो सिटबाट उठीसकेका हुन्छन् । पत्रकारहरुले प्रश्न नगरेपछि निर्देशक पौडेलले अन्यमा केही भन्न चाहेको बताउँछन् । त्यसपछि उनले चलचित्रको प्रश्न नगर्न पाइयो भन्दै मेकरको सम्मानका लागि केही प्रश्न छ भने गरिदिन आग्रह गरे । उनले आफुहरु सही मेकर हो भन्ने लाग्छ भने साथ दिन पनि आग्रह गरे । त्यसपछि उनले आफु निर्देशक मात्र नभएर निर्माता पनि भएको भन्दै युट्युबरहरुसँग माफी मागे । उनले भने – ‘यदी हाम्रो टिमबाट तपाईहरुलाई डिसरेस्पेक्ट अथवा अपमान भएको अनुभव भएको छ भने त्यसका लागि म लगायत हाम्रो टिम साँच्चिकै मन देखि माफी माग्न चाहन्छौं । तपाईहरुको चित्त दुख्नु हुँदैन । तपाईहरुको इथिकल डियुटीजमाथी प्रश्न त्यसरी उठाइनु हुँदैन । त्यो उठ्छ भने त्यो राम्रो पक्कै होइन । त्यसका लागि म आफु पनि हाम्रो टिमका तर्फबाट माफी माग्न चाहन्छु ।’
बिनोदले यसरी माफी माग्दै गर्दा बल्ल निर्माता थापालाई आफ्नो गल्ति महशुस भएछ । उनले बिनोद बोल्दा बोल्दै हात उठाएर ‘आइ एम सरी’ भने ।
आफ्नो स्वाभिमान माथी नै कसैले प्रश्न उठाउँदा त्यसको प्रतिवादमा युट्युबरहरुमा देखिएको युनिटी साँच्चिकै गजब्बको थियो । अन्ततः उनीहरुको यही एकताले चलचित्रको टिम झुक्न बाध्य भयो । उनीहरुसँग माफी माग्यो ।
यो युट्युबरको एकता मात्रै होइन उनीहरुको शक्ति पनि हो । यो शक्तिलाई सही रुपमा उपयोग गर्न सक्नु पर्छ । आफु भित्रका कमीकमजोरीलाई सच्याएर पत्रकारिताका मुल्य मान्यता भित्रै रहेर पत्रकारिता गर्नु पर्छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal