‘टि सिरिज’ले ‘बार्दली’को हिन्दी भर्जन

नेपाली गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषाको फ्युजन रहेको गीत भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले सार्वजनिक गरेको हो ।
टि सिरिजको युट्युब च्यानलबाट सार्वजनिक गीतको बोल ‘उफ’ राखिएको छ । मेल पार्टलाई हिन्दी भाषामा रुपान्तरण गरिए पनि फिमेल पार्ट भने नेपाली नै छ । इन्द्रकला राईले स्वर दिएको फिमेल पार्ट जस्ताको तस्तै राखिएको छ ।
गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । नेपाली गीतको भिडियो जस्तै सेटिङ भएपनि नेपाली गीतको भिडियोमा देखिएका अन्य कलाकार भने हिन्दी भर्सनमा छैनन् । भिडियोमा नयन राइृको निर्देशन र छायाँकन रहेको छ । गीतको नेपाली संस्करण निकै हिट भएको थियो ।
Latest Updates
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
-
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi