म लेखेर दिन सक्छु, हामी छुट्दै छुट्दैनौं – प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले आयुष्मान देसराज जोशी र आफु कुनै पनि हालतमा नछुट्टिने जनाएकी छिन । आयंका फाउण्डेसनको घोषणा कार्यक्रममा बोल्दै उनले एक अर्कासँग छुट्टिदै छुट्टिदैनौं भन्ने कुरा लेखेरै दिन सक्ने बताएकी हुन ।
केही समय अघि ईङगेजमेन्ट गरि असारमा विवाह गर्ने तयारीमा रहेका आयुष्मान र प्रियंकाकै नामबाट फाउण्डेसनको नाम आयंका राखिएको छ । यो संस्थालाई उनीहरुले नै सञ्चालन गर्नेछन् । यसैले भोलि कदमकदाचित यो जोडि छुट्यो भने फाउण्डेसन के हुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा प्रियंकाले आफुहरु कहिल्यै नछुट्ने दाबी गरेकी हुन ।
शुरुमा आयुष्मानले दुईबिचको सहकार्यमा फाउन्डेसन खुलेपनि व्यक्तिगत सम्बन्धको आरोह अवरोहका कारण संस्था र यसको काम नरोकिनेमा विश्वास दिलाएका थिए । उनले आफुहरुले एक अर्कालाई रेस्पेक्ट गर्ने गरेको भन्दै सम्बन्धमा उतार चढाव सबैको हुने बताए । लगत्तै प्रियंकाले त्यो भन्दा पनि महत्वपूर्ण कुरा भन्दै ‘हामी चाँही छुट्दैनौं है’ भनेकी छिन । उनले प्रेममा रहेको जो कोहिले पनि रिलेशन राम्रो छ भने छुट्दैनौं भन्न सक्ने बताउँदै आफुहरुको सम्बन्ध त्यो भन्दा बिशेष रहेको संकेत गरिन ।
आयुष्मानले आफु र आफ्नो कामलाई आफुले भन्दा बढी रेस्पेक्ट गर्ने र आफुहरु एक अर्काको काममा स्वतन्त्र रहेकोले पनि सम्बन्ध सुमधुर भइरहने प्रियंकाले बताएकी छिन । पर्सनल कुरामा एकअर्काले हस्तक्षेप नगर्ने भएकोले भविष्यमा कुनै सहस्या नआउने उनको विश्वास छ । यदि आइहाले त्यसलाई समाधान गर्दै अघि बढ्नेमा दुबैजना प्रतिबद्ध देखिए । प्रियंकाले अगाडी भनिन् – ‘एक अर्का बिना बाच्न सक्छौं नसक्ने होइन, जो पनि बाँच्न सक्छ तर, बाँच्न चाहदैनौं । एकअर्का बिना छुट्टीएर बस्न सक्छौं तर, हामी बस्दैनौं भन्ने कमिटमेण्ट गरेका छौं । जे आएपनि लाइफमा त्यसलाई ट्याकल गर्दै अगाडी जाने हो, हरेक दिन । त्यो कमिटमेण्ट मान्छेले एकअर्कालाई दिन सक्यो भने सायद सम्बन्ध टुट्दैन होला ।’
प्रियंका र आयुष्मानको सम्बन्ध २ वर्ष लामो छ । यो सम्बन्धमा एक अर्काका लागि मर्ने होइन एक अर्कासँग बाँच्ने प्रण गरेको छ आयंका जोडीले । त्यसैले होला प्रियंकाले ठोकुवा गरेरै भनिन – ‘हामी छुट्दै छुट्दैनौं । म लेखेर दिन सक्छु ।’
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal