चलचित्र ‘अस्ट्रेलियन दुल्हा’को छायाँकन शुरु
चलचित्र ‘अस्ट्रेलियन दुल्हा’को शुभ–मुर्हत गरिएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै चलचित्रको शुभ–मुर्हत गरिएको हो । चलचित्रको छायांकन आइतबारबाटै सुरु भएको छ ।
करिब २५ दिन छायाङ्कन सेड्युल रहेको चलचित्रको छायाङ्कन चितवनका विभिन्न स्थानहरूमा गरिदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मचलचित्रले बोल्नेछ ।
रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको चलचित्रमा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ ।
करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रा.ली.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवी कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको चलचित्रमा उमेश अधिकारी (आर्य) सह–निर्माता छन् । आगामी तिहारमा रिलिजको लक्ष्य राखिएको चलचित्रमा देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
