चलचित्र खेल्दै भाइरल गायक अशोक दर्जी

कुनै समयका भाइरल बालगायक अशोक दर्जीको चर्चित गीत ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ शिर्षकमा चलचित्र बन्ने भएको छ । यसै गीतका संगीतकार टंक बुढाथोकीले दर्जीलाई नै मुख्य भूमिकामा अभिनय गराउँदै चलचित्र बनाउन लागेका हुन् । उनले बिहीबार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै निर्माण इजाजत लिएका छन् ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने चलचित्रका निर्मातामा विनय अधिकारी रहेका छन् । अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर बन्ने भनिएको चलचित्रलाई शिवम् अधिकारीले लेखेका छन् । चलचित्रलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।
चलचित्रमा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु चलचित्रमा समावेश हुनेछ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi