Mansara

कार्म भन्छन् – चलचित्रमा आर्ट र कमर्शियल भ्यालुको समिश्रण हुनुपर्छ

२०७९ बैशाख १६
कार्म भन्छन् – चलचित्रमा आर्ट र कमर्शियल भ्यालुको समिश्रण हुनुपर्छ

सन् २००८ मा प्रदर्शन भएको चलचित्र सानो संसारबाट चलचित्र यात्रा थालेका कार्मले षट्कोण सम्म आइपुग्दा २३ चलचित्रमा काम गरेका छन् ।

अक्सर चलचित्रमा लभरब्यायकै रुपमा देखिएका कार्म फाइन आष्र्टिष्ट मध्येका एक हुन् । अभिनय क्षमताको प्रसंसा जुन रुपमा हुन्छ सोही अनुरुप उनका चलचित्रले बक्स अफिसमा छलाङ मारेका भने छैनन् । यद्यपी कार्मको खातामा सानो संसार, फष्ट लभ, लुट, रेशम फिलिली, लुट २, कबड्डी कबड्डी कबड्डी जस्ता सुपर हिट चलचित्र नभएका पनि होइनन् ।

त्यसो त कार्म तिब्बतियन शब्दबाट उठाइएको नाम हो । उनको नामको अर्थ स्टार भन्ने हुन्छ । यद्यपी कार्मलाई स्टार भनेर चिनिनु छैन । उनलाई त एउटा कुशल कलाकार भनेर चिनिनु छ । बैशाख २३ रिलिज हुने चलचित्र षट्कोणको प्रचारमा जटिरहेका कार्मले आफुलाई शोअप गर्नु भन्दा पनि कलाकारिता गर्न इच्छा भएको बताए ।

ग्राउण्डमै बसेर कलाकारिता गर्न रुचाउने कार्मले षट्कोणको भूमिका आफुले गरिआएका चलचित्रमा भन्दा फरक भएकोले काम गरेको बताएका छन् । चलचित्र रहस्य पत्ता लगाउन अनुसन्धान गरिरहेका एक पत्रकारको भुमिकामा कार्म छन् । त्यसो त निर्देशक मिलन डि काप्रिले पनि चलचित्र कमर्शियल भन्दा बढी एक्सपेरिमेण्टल भएको बताएका छन् । कार्म पनि यसको टिम पैसा नै कमाउनु पर्छ भन्ने मानसिकताबाट पर पाएकोले राम्रो कामका लागि आफु जोडिएको बताउँछन् ।

यसअघि चकटेलि भुमिकामा देखिएका कार्म अब भने आफ्ना लागि त्यस्तो पात्र पुगिसकेको बताउँछन् । आफ्नो स्वभाव र इच्छाकै कुरा गर्दा आफुलाई चकलेटी भुमिकामा काम गरौं भन्ने कहिल्यै नलागेको उनको भनाई छ । यद्यपी उनी आफुले लभ स्टोरीमा पनि केही नयाँ पन देखेरै त्यस्ता चलचित्रमा काम गरेको जिकिर गर्छन । अहिले पनि उनलाई चकलेटी भुमिकामा अफर नआउने होइन । तर, उनी त्यस्ता चलचित्र गर्न चाहदैनन् । यसको अर्थ लभ स्टोरी चलचित्रमा काम नै नगर्ने भन्ने होइन । लभ स्टोरी चलचित्रमा पनि केही गुदी कुरा खोज्न थालेका छन् ।

चलचित्रमा आर्ट र कमसिर्शयल भ्यालुको समिश्रण हुनुपर्ने उनको बुझाई छ । उनी आर्ट बिना चलचित्र राम्रो नबन्ने र नराम्रा चलचित्रलाई दर्शकले नहेर्ने बताउँछन् । त्यस्तै गरि कुनै चलचित्र राम्रो चलेन भने मेकरले अर्को चलचित्र बनाउँन नसक्ने उनको बुझाई छ । यसअर्थ चलचित्रमा आर्ट र कमर्शियल दुबै भ्यालु उत्तिकै भएमा दर्शकले पनि चलचित्र मन पराउने अनि निर्माताले पनि कमाउने उनको बुझाई छ ।

Mahajatra