Kumari Bank

गायिका अनुराधा पौड्याललाई पुत्र शोक

लेन्सनेपाल २०७७ भाद्र २८
गायिका अनुराधा पौड्याललाई पुत्र शोक

बलिउडकी प्रख्यात गायिका अनुराधा पौड्याललाई पुत्र शोक परेको छ । केही नेपाली चलचित्रका गतिमा समेत स्वर दिएको पौड्यालका ३५ वर्षे छोरा आदित्यको निधन भएको हो । आदित्य विगत लामा समयदेखि किड्नीको समस्याले ग्रस्त थिए ।

आदित्य आमा अनुराधाको पाइला पछ्याउदै सांगीतिक क्षेत्रमै यात्रा गरिरहेका थिए । उनले भजन र भक्ति गीत गाएका थिए । आदित्य आफैमा राम्रा संगीतकार पनि थिए । ‘लिम्का बुक अफ रेकर्डस्’ मा आदित्यको नाम सबैभन्दा कम उमेरका संगीतकारको विधामा समावेश छ ।