बिभिन्न बिद्यालयले बिद्यार्थीलाई देखाउन थाले ‘अञ्जिला’

प्रदर्शनरत् चलचित्र ‘अञ्जिला’ले दर्शकबाट बलियो साथ पाएको छ । माउथ पब्लिसिटीमा समेत अब्बल रहेको चलचित्रले सार्वजनिक विदा बाहेकका दिनमा समेत राम्रै व्यापार गरिरहेको छ ।
चलचित्रले प्रेरणादायी कथा प्रस्तुत गरेको भन्दै स्कुलका विद्यार्थीहरु माझ समेत यसको आकर्षण देखिएको छ । सोमबार दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युएफएक्समा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका तीन सय ६० विद्यार्थीले चलचित्र हेरेका थिए । यस्तै, रिलिजको दोस्रो दिनदेखि देशभरमा शहरहरूमा पनि विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई चलचित्र देखाइरहेको निर्देशक मिलन चाम्सले बताए ।
चलचित्र नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । चलचित्र हेर्न कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई विभिन्न विद्यालयहरूले पठाइरहेका छन् । डाफोडिल स्कुलका अरविन्द कुमार मण्डलले विद्यार्थीहरूलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले चलचित्र देखाएको बताए । ‘यो चलचित्र हेरेर हाम्रो विद्यार्थीहरूले ‘नेभर गिभ अप’ भन्ने सिकेका छन् । मैले आफैँले हेर्दा पनि मनोरञ्जनसँगै कप्तान सुब्बाको जीवनलाई बुझ्न पाएँ’ उनले बताए ।
चलचित्रले सङ्घर्ष, निरन्तरता र सफलता सिकाउने भएका कारण विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले नै ‘अञ्जिला’ देखाइरहेको विद्यालयहरूले जनाएका छन् । निर्देशक चाम्सले चलचित्रको सन्देश नै सङ्घर्षले दिएको सफलता दीर्घायु हुन्छ भन्ने रहेको बताउँदै विभिन्न विद्यालयहरूलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरे ।
चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले ‘अञ्जिला’ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने बताए । उनले चलचित्रबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi