गायिका बनिन् नायिका अनामिका

लेन्सनेपाल २०७८ असोज ८
गायिका बनिन् नायिका अनामिका

अभिनेत्री अनामिका चौलागाईंको स्वरमा रहेको माया गर्ने मान्छेले बोलको गीत सार्वजजिक भएको छ ।

सन् २०१३ को चलचित्र प्राण भन्दा प्यारोबाट चलचित्रमा डेब्यु गरेकी अनामिकाको यो पहिलो गीत हो ।

सार्वजनिक गीतमा शान्तिप्रियको शब्द र राम सिटौलाको संगीत रहेको छ । शान्तिप्रियले नै निर्देशन गरेको गीतको भिडियोमा अनामिका स्वयम् फिचर्ड छिन् । भिडियोमा गोविन्द अञ्जानको छायांकन र बिनोद बमको सम्पादन रहेको छ ।