नारी दिवसमा ‘आमा’ र ‘कुमारी’ प्रदर्शन हुने

नारी दिवसको अवसरमा चलचित्र ‘आमा’ र ‘कुमारी’ प्रदर्शन हुने भएका छन् । चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा यि दुई चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
१ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसको दिन चलचित्र बिकास बोर्डको हलमा यि चलचित्रहरु प्रदर्शन हुनेछन् । प्रदर्शन हुन लागेका मध्ये ‘आमा’ नेपाल भित्रै बनेको पहिलो चलचित्र हो भने ‘कुमारी’ पहिलो रंगीन नेपाली चलचित्र हो ।
यि दुबै चलचित्रको प्रदर्शनी पश्चात आयोजकले तत्कालिन अवस्थामा चलचित्रमा नारीको भूमिका र अहिलको अवस्थामा नारीको भूमिका बिषयमा एक कार्यपत्र तयार गर्ने उदेश्य राखेको बोर्ड अध्यक्ष दयाराम दाहालले जनाएका छन् ।
यस्तै सोही दिन ‘सांस्कृतिक कलाकृतिका रुपमा चलचित्र’ तथा ‘चलचित्रमा महिलाको अवस्था’ विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा अभिनेत्री भुवन चन्द, चैत्यदेवि सिंह, मिथिला शर्मा, गौरी मल्ल, रक्षा सिंह राणा, रेखा थापा, ऋचा शर्मा लगायत, बोर्ड अध्यक्ष दयाराम दाहाल, चलचित्रकर्मी शबनम् मुखिया लगायतले चलचित्रको सांस्कृतिक महत्व, नेपाली चलचित्रमा महिलाको अवस्थाको बारेमा पनि आफ्नो धारणा राख्नेछन् ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi