Mansara

फागुन १९ देखि ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला’ हुने 

२०८० फागुन १०
फागुन १९ देखि ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला’ हुने 

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको बिभिन्न पक्षको जानकारी दिएको हो ।

फाल्गुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ्ग, पोखरा र ललितपुरमा आयोजना हुने आयोजक संस्थाका अध्यक्ष आरसी कोइरालाले बताए ।
‘ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ कोइरालाले भने ‘यसबाट देशको विविध सँस्कृतिक, पुरातत्विक र अन्य पर्यटकिय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’ 

मेलामा अष्ट्रीया, बेल्जीयम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न साँस्कृतिक समुहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् ।

नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र सँस्कृतिहरु रहदै आएको सर्व विदितै छ । नेपाली सँस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिन्छ । आफ्नो पहिचान र मौलिकता बोकेका सँस्कृति प्रति स्वयं नेपाली उदासिन हुनु दुःख लाग्दो पक्ष हो । वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई विर्सिएर पाश्चात्य सँस्कृतिमा रमाउन थालेको युवा पिढीलाई पनि यस तर्फ आकर्षित गर्न यस्तो मेला महत्वपुर्ण हुने आयोजकको भनाई रहेको छ ।

मेला २०५८ देखि प्रत्येका २ बर्षमा नियमित आयोजना हुँदै आएको छ । सुरुवातदेखि एघारौं संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढि देशका ८५०० भन्दा बढि कलाकारहरुले घर आगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकी सहित बिविध लोकसाँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी रहेको छ । 

नेपाली सँस्कृति उत्थान तथा साँस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रर्वद्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको आयोजकले बताएको छ । 

‘यस पटकको महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो सँस्कृति झल्कने भेष–भुषा लगाई साँस्कृतिक झाँकि गर्ने र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्’, आयोजक कोइरालाले भने ‘काठमाडांै आसपासका बिद्यालयमा गई बिदेशी कलाकारहरुले आफ्ना साँस्कृतिक प्रस्तुत गर्ने र बिद्यालयका बिद्यार्थीहरुको समेत साँस्कृतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।’ यस किसिमको साँस्कृतिक आदान प्रदानले बिद्यार्थीहरुमा आफ्नो लोक सँस्कृति प्रति अभिरुची बढ्ने विश्वास कोइरालाको रहेको छ ।

मेलाको फाल्गुण १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुनेछ ।