‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा शिल्पाको ‘दसैँ आयो’ प्रथम
शिल्पा केसीद्वारा निर्देशित चलचित्र ‘दसैँ आयो’ले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा एक लाख नगद पुरस्कार सजितेको छ । अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित प्रतियोगितामा २० वर्षमुनिका मेकरका छोटा चलचित्रहरु प्रतिष्पर्धामा थिए । प्रतिस्पर्धामा ८ देखि १५ मिनेटसम्मको सीमा तोकिएको थियो ।
यस्तै प्रतिष्पर्धामा अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ क्रमशः द्वितीय र तृतीय भए । दुवैले क्रमशः ५० हजार र २५ हजार नगद जिते । देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सनमा पर्न सफल भयो । पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी चलचित्र प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताए । चलचित्र निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउनेछन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
