चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ र मित्र प्रधानले अभिनय गरेका छन् ।
गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको । गीतले देशभक्ति भावनाको कथावस्तु दर्शाउँछ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा लगभग २०० वटा राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रमा नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ ।
मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । चलचित्रमा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ । चलचित्रका गीतमा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
