असार २७ मा ‘यो मन त मेरो नेपाली हो’
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ आगामी वर्षको असार २७ गते प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले चलचित्रको प्रदर्शन तोकिएकै मितिमा हुने जनाएका छन् ।
अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र)को निर्देशन तथा कथा रहेको चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको देखाउन खोजेको जनाइएको छ ।
चलचित्रमा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको संगीत, सौरभ लामाको छायाङ्कन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व र कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
