‘यात्रा’को रोमान्टिक गीत ‘फ्लाइङ्ग’ सार्वजनिक
प्रदर्शनरत चलचित्र ‘यात्रा’मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन भएको एक हप्ता पछि ‘फ्लाइङ्ग’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कलाकारहरु सलिनमान बनिया र डेब्यू गर्ल मलिका महतलाई फिचर्ड गरिएको छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर छ भने प्रविन सिंहको कोरियोग्राफी छ ।
म्युजिकल लभ स्टोरी जनराको चलचित्र यात्रा सफलता पूर्वक प्रदर्शन भइरहेको छ । सम्राट शाक्य निर्देशित चलचित्रले लाइफ चेन्ज गर्न सक्छ भन्ने भाव प्रस्तुत गरेको छ । चलचित्रमा सलिन भ्लगरको भुमिकामा देखिएका छन् । एउटा भ्लगरले समाजमा पार्न सक्ने सकारात्मक प्रभावबारे चलचित्र केन्द्रित छ । चलचित्रमा सलिन र मलिकाका अलवा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ ।
केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ताको रहेको चलचित्रका निर्माता सुशिल पोखरेल हुन भने सर्जुमान लिगल कार्यकारी निर्माता हुन् । विक्रम पराजुली, मुक्ति तिमल्सिना र राम शरण घिमिरे चलचित्रका सहनिर्माता हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
