सलिन हलमा पुग्दा यस्तो देखियो क्रेज
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ लाई सकारात्मक प्रतिक्रिया मिलेको छ । उत्साहजनक व्यापार गरिरहेको चलचित्रको टिमले नयाँ वर्षको अवसरमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार समेत गरेको छ ।

राजधानीका विभिन्न हलमा पुगेका कलाकार सलिनमान बनिया, सलोन बस्नेत, मलिका महतलगायतको टिमले दर्शक प्रतिक्रिया बुझेको हो । खासगरि राजधानीको गोपीकृष्ण हल र अष्टनारायण हलमा पुग्दा सलिनमान बनियाको क्रेज राम्रै झल्किएको थियो । जहाँ दर्शकले निरन्तर हुटिङ गर्दै सलिनका प्रति माया दर्शाएका थिए । नयाँ वर्ष दर्शकहरुसँग सेलिब्रेट गर्न पाएको भन्दै सलिन पनि दंग थिए । सलिन मात्र नभएर सलोनले दर्शक प्रतिक्रियाले काम गर्दाका दुःख बिर्सेको बताए ।

चलचित्रले मनोरञ्जनसंगै सोसल म्यासेज पनि दिएकोले यसको वर्ड अफ माउथले आउँदा दिनमा दर्शक तानिनेमा निर्माण पक्ष विश्वस्त छन् । चलचित्रमा भ्लगको माध्यमले ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ ।

चलचित्रमा धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनालीलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन ।

Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
